२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

महासचिव हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस ३ गते बिहीबार

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा महासचिव पदमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यको निर्वाचनमा पनि विजयी हुन सकेनन् । पाण्डे महासचिवको दौडमा शंकर पोखरेलसँग पराजित भएका थिए ।

महासचिव पदका लागि उनले ९९९ मत प्राप्त गरे । केन्द्रीय सदस्यमा पाण्डेले ९६१ मत मात्र ल्याए । एमालेमा केन्द्रीय सदस्य बन्नका लागि न्यूनतम् १५ सयभन्दा बढी मत आवश्यक पर्छ । तर, पाण्डेले न्यूनतम् मतसंख्या पाउन सकेनन् ।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार