नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित भएका यामलाल कँडेल पार्टीको पदाधिकारीमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका एकमात्र नेता भएका छन् ।
कर्णाली प्रदेशबाट एमालेको पदाधिकारीमा पहिलोपटक उमेदवारी दिएका कँडेल ११८५ मत पाउँदै निर्वाचित भए । कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत रहेका कँडेल एमालेको इतिहासमा पहिलो पदाधिकारी हुन् । कँडेलले केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उमेदवारी दिएका थिए ।
कँडेलको राजनीतिक यात्रा
- २०३६ सालमा किसान आन्दोलनबाट राजनीतिक यात्रा सुरु
- २०४० शंकरदेव क्याम्पसमा अनेरास्ववियु उमेदवार, पराजित
- ०४२–०४३ मा ९ महिना बन्दी जीवन
- ०४० देखि ०४६ काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा क्रियाशील
- ०४९ मा सुर्खेत जिल्ला सचिव
- ०४९ मा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित
- ०५१ को मध्यावधि निर्वाचनबाबट प्रतिनिधिसभा सदस्यमा निर्वाचित
- ०५१ मा एमाले भेरी अञ्चल सचिव
- ०५४ एमाले विभाजनपछि मालेमा आबद्ध, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
- ०५६ संसदीय निर्वाचनमा मालेको तर्फबाट उमेदवार, पराजित
- ०६४ मा संविधानसभा सदस्य निर्वाचित
- ०७० मा संविधानसभा सदस्य उमेदवार, पराजित
- ०७४–०७९ प्रदेशसभा सदस्य सुर्खेत २ (क)बाट निर्वाचित
- हाल कर्णाली प्रदेशको मुख्यमन्त्री ।
प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार
सत्यपाटी