विश्वभर मांसाहारी खाना (ननभेज फुड) लाई निकै रुचिका साथ खाइन्छ र यसलाई पौष्टिक पनि मानिन्छ । यद्यपि, ननभेज र भेज खानाको बहस सधैँ चलिरहन्छ, किनकि शाकाहारी मानिसहरू भोजनका लागि जनावरहरू मार्ने कुराको विरुद्धमा छन् । यस्तोमा भिगन समुदाय पनि छ, जसले समय–समयमा प्रदर्शन पनि गरिरहन्छन् ।
तर पनि विश्वभर मांसाहारी खाना खानेहरूको कमी छैन । के तपाईंलाई थाहा छ, कुन देशमा सबैभन्दा बढी मांसाहारी खाना खाइन्छ रु विश्वको तथ्यांकअनुसार खाद्य र कृषि संगठन ९एफएओ०को रिपोर्टमा आधारित भएर वल्र्ड अफ स्ट्याटिस्टिक्सले हालै सार्वजनिक गरेको १० देशहरूको सूची यहाँ प्रस्तुत गरिएको छ, जहाँ सबैभन्दा बढी ननभेज खाना खपत हुन्छन् ।
१। अमेरिका – ९७ प्रतिशत
२। ब्राजिल – ९६ प्रतिशत
३। अस्ट्रेलिया – ९५ प्रतिशत
४। रुस – ९४ प्रतिशत
५। चीन – ९३ प्रतिशत
६। जापान – ९२ प्रतिशत
७। अर्जेन्टिना – ९१ प्रतिशत
८। फ्रान्स – ९० प्रतिशत
९। जर्मनी – ८९ प्रतिशत
१०। मेक्सिको – ८८ प्रतिशत
सत्यपाटी