आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तरगत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो ।
गणनाका लागि दुई हजार ३०० स्वचालित क्यामेरा प्रयोग गरिँदैछ भने आठ हजार ४०० वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो । सन् २०२२ मा एक हजार ८४३ क्यामेरा प्रयोग गरिएको थियो ।
बाघको गणना चैतसम्म चल्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा गणना हुन लागेको हो । मुलुकभर करिब २५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन् ।
नेपालमा सन् २००९ देखि स्वचालित क्यामेरा राखेर बाघको संख्या यकिन गर्न लागिएको हो । २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन गणनाको नतिजा सार्वजनिक गरिने छ । सन् २०२२ मा भएको गणनामा ३५५ बाघ थिए ।
सत्यपाटी