२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १ गते मंगलबार

नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन समितिले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको सम्बन्धमा दाबी, विरोध, उजुरी र छानबिनपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । एक महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन भएको छ । पाँच जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

तीन उपमहासचिवका लागि सात जनाको उम्मेदवारी छ । नौं सचिवका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको छ । आयोगका अध्यक्ष डा.विजय सुब्बाले ८० वटा मेसिनबाट मतदानको व्यवस्था गर्न लागिएको बताए । दुई हजार २६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदैछन् ।

उम्मेदवारको नामावली

Skip to PDF content
प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार