वि.सं.२०८२ साल पौष १ गते । मंगलबार । इस्वी सन् २०२५ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–द्वादशी, ४४ घडी ५ पला, रातको १२ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–स्वाती, २१ घडी ५६ पला, दिउँसो ३ बजेर ३५ मिनेट उप्रान्त विशाखा ।
योग–अतिगण्ड, २१ घडी ३२ पला, दिउँसो ३ बजेर २६ मिनेट उप्रान्त सुकर्मा । करण–कौलव, बिहान ११ बजेर २७ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर २७ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ८ मिनेट । दिनमान २५घडी ५१ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर ४९ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५० मिनेटदेखि बिहान ८ बजेर ६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ७ मिनेटदेखि बिहान ९ बजेर २४ मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर २५ मिनेटदेखि बिहान १० बजेर ४२ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ४३ मिनेटदेखि बिहान ११ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
दिउँसो १२ बजेर ० मिनेटदेखि दिउँसो १ बजेर १७ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर १८ मिनेटदेखि दिउँसो २ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
दिउँसो २ बजेर ३५ मिनेटदेखि बेलुकी ३ बजेर ५२ मिनेटसम्म रोग बेला ।
दिउँसो ३ बजेर ५३ मिनेटदेखि बेलुकी ६ बजेर ५२ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो २ बजेर ३४ मिनेटदेखि दिउँसो ३ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ५ बजेर ५९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छोटो समयमा मनग्य फाइदा हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा दुःख पाइनेछ । मिहिनेत गर्दा बिस्तारै उपलब्धि प्राप्त हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
केही पारिवारिक समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । बुद्धिको उपयोगले समस्या सुल्घनेछ । अरूलाई समेत आफ्नो पक्षमा ल्याउन सकिनेछ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम पनि सम्पादन हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । पेसा–व्यवसायमा सामान्य फाइदा हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा अरूको मुख ताक्नाले पछि परिनेछ । आँटले काम लिन नसकिएला । व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन् । आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ । अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ला । समय लागे पनि प्रयत्न गर्दा विगतका कमजोरी सच्याउन सकिनेछ । सावधानीले फाइदा उठाउन सकिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । व्यापारमा फाइदा हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समस्या दोहोरिए पनि आँटेको काम सम्पादन हुनेछ । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । लगनशील भएर प्रयत्न गर्दा बिस्तारै अवरोध हट्न सक्छ ।
सत्यपाटी