२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

नेपालमा अब ठूला दरका भारतीय नोट पनि चलनचल्तीमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २९ गते सोमबार

नेपालमा अब १०० रुपैयाँभन्दा बढी दरका भारतीय नोट पनि चलनचल्तीमा आउने भएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले १०० रुपैयाँभन्दा बढी मूल्यका भारतीय नोट नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेको हो ।

यसअघि भारत सरकारले दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति अधिकतम २५ हजार रुपैयाँसम्मका उच्च मूल्यका नोट ल्याउन र लैजान अनुमति दिइसकेको थियो । जस अनुसार भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ ।

यही आधारमा नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोटलाई भित्र्याउन र चलनचल्तीमा ल्याउन स्वीकृति दिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार