२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

सिताराम कट्टेल धुर्मुस सुटुक्क अमेरिका टाप कसेपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २६ गते शुक्रबार

कलाकार सिताराम कट्टेल धुर्मुस सुटुकक अमेरिका पुगेका छन् । धुर्मुस सुटुक्क अमेरिकाको फ्लोरिडा गएको रजतपट कार्यक्रममार्फत प्रकाश सुवेदीले खुलासा गरेका हुन् ।

धुर्मुस आँफु अमेरिका पुगिसकेको भएता पनि नेपालमा उपचार गराइरहेको गलत सूचना दिन आफ्ना सहयोगीलाई भनेको रहस्य पनि रजतपट अंकलले खोलेका छन् । धुर्मुसको नम्बरमा फोन गर्दा भने उनका सहयोगीले नेपालमा नै उपचार गराइरहेको तर नेपालको राती ८ बजेमात्र ह्वाटसएपमा कुरा गर्न भनेका छन् ।

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा लागेको १८ करोड ४१ लाख रुपैयाँ ऋण चुक्ता नहुँदा अभिनेता तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ पाँच वर्षदेखि निरन्तर सरकारी कार्यालय र अदालत धाइरहेका बेला धुर्मुस एक्कासी अमेरिका पलायन भएका छन् । जुन विषयले यतिबेला चर्चा पाइरहेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार