नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी मागेको छ । शुक्रबार विज्ञापन जारी गर्दै सेनाले विभिन्न प्राविधिक पदहरुमा ३८८ जना कर्मचारी मागेको हो । सेनाले जारी गरेको विज्ञापन सूचना अनुसार नेपाली सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिकस, भिडियोग्राफरदेखि पुजारीसम्म कर्मचारी मागेको छ ।
सेनाले सोही विज्ञापनमार्फत कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले दरखास्त आह्वान गरेको पदहरुमा इच्छुक तथा योग्यता पुगेका नेपालीहरुले पुस २६ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनको दस्तुत पदअनुसार २००, ३०० र ४०० तोकिएको छ । अन्य समूहमा आवेदन दिँदा भने थप २० प्रतिशत शुल्क लाग्छ ।
![]()

प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार
सत्यपाटी