२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

आंशिक बदलीबाहेक देशभरको मौसम सफा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २६ गते शुक्रबार

आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ । ‘अबको तीन दिन मौसममा ठूलो कुनै परिवर्तन देखिने छैन,’ मौसमविद् हरिप्रसाद दाहालले भने, ‘तीन दिन पानी पर्ने सम्भावना छैन ।’

यस्तै काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् दाहालले जानकारी दिए । ८ः४५ बजे न्यूनतम तापक्रम थप कम हुने सम्भावना रहेको छ ।

बिहीबार (मंसिर २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो । यस वर्षको मापनमा यो कम तापक्रम हो । सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बुधबार (मंसिर २४) ५.५, मंगलबार (मंसिर २३) ६.२ डिग्री थियो ।

काठमाडौंमा आज बिहान पौने ६ बजेको भिजिविलिटी पाँच किलोमिटर रहेको छ । धनगढीको १२ सय मिटर रहेको छ । विराटनगरको हजा मिटर, भैरहवाको ६ हजार मिटर, सिमराको १५ सय मिटर र जनकपुरको ६ हजार मिटर भिजिविलिटी रहेको मौसमविद् दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार