२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

शुक्रकीट दानबाट जन्मिएका बच्चामा क्यान्सरको खतरा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २५ गते बिहीबार

डेनमार्कका एक शुक्रकीट (स्पर्म) दाताको स्पर्मबाट जन्मिएका बालबालिकाहरूले अहिले क्यान्सरको जोखिमको सामना गरिरहेका छन् ।

वास्तवमा, शुक्रकीट दान गर्ने ती व्यक्तिमा क्यान्सरको खतरा बढाउने वंशाणुगत उत्परिवर्तन थियो । तर, त्यसका लक्षणहरू देखिएका थिएनन् ।

यो उत्परिवर्तनबारे अनजानमा ती व्यक्तिले आफ्नो शुक्रकीट दान गरे, जसबाट यो खतरा करिब २०० बालबालिकामा फैलियो ।

डेनमार्कको सरकारी प्रसारक संस्थाका अनुसार सन् २००६ देखि २०२२ को बीचमा ती व्यक्तिको स्पर्म १४ देशका ६७ क्लिनिकहरूलाई बेचिएको थियो ।

डेनमार्कमा मात्र ती व्यक्तिको स्पर्मको मद्दतले ९९ बालबालिकाको जन्म भएको भयो । विश्वभर कम्तीमा १९७ बालबालिकाको जन्म ती व्यक्तिको स्पर्मको मद्दतले भएको थियो ।

कसरी पत्ता लाग्यो ?

सन् २०२० मा, ती स्पर्मको मद्दतले जन्मिएका एक बच्चामा क्यान्सर पत्ता लाग्यो । त्यसपछि ती व्यक्तिको स्पर्मको नमूना जाँच गरियो । तर, त्यसमा दुर्लभ टीभी ५३ उत्परिवर्तन पत्ता लागेन ।

तीन वर्षपछि यस्तै अर्को घटना देखियो । फेरि ती व्यक्तिका धेरै नमूनाहरूको जाँच गर्दा उनीभित्र क्यान्सरको खतरा बढाउने वंशाणुगत उत्परिवर्तन रहेको पत्ता लागेको एबीसीनेटले जनाएको छ ।

स्रोत : एबीसीनेट
प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार