पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट यात्रुबहाक बस खसेको छ । डडेलधुराबाट काठमाडौँ आउँदै गरेको बस पुलबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ना ८ ख ७४५५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटना २२ यात्रु घाइते भएको बताइएको छ । घाइतेको उद्धार गरी लमही अस्पताल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार
सत्यपाटी