नवलपरासीको कावासोती र देवचुली नगरपालिकाका विभिन्न स्थानमा तोरी फुलेर पहेँलै देखिएको छ । जसले यहाँको वातावरण रमणीय बनाएको छ । पहेँलपुर तोरीका फाँटमा तस्बिर खिच्ने, भिडियो बनाउन युवाहरु पनि आकर्षित बनेका छन् । यसरी खेतै पहेँलपुर बनेपछि चरनका लागि मौरीलाई पनि सहज भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा झन्डै एक हजार ५०० हेक्टरमा तोरी लगाइएको छ । विशेषगरी गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा कृषकले तोरी खेती लगाउँदै आएका छन् । नवलपरासीका विभिन्न फाँटहरु तोरी फुलेर पहेँलै देखिएका छन् ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार
सत्यपाटी