२०८२ माघ १ , बिहीबार 16, January 2026, Friday

एनपीएल : आज एलिमिनेटरमा काठमान्डु र लुम्बिनी भिड्दै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २४ गते बुधबार

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज मंसिर २४ गते बुधबार हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुर मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ ।

काठमान्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन् । यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो । आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ ।

त्यसैले आजको खेल काठमान्डु र लुम्बिनी दुवै जित्ने प्रयासमा हुनेछन् । लिग चरणमा भएको भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो । पहिलो खेल जितेको लुम्बिनीले त्यसपछिका तीन खेल लगातार हारेको थियो । तर लुम्बिनी त्यसपछिका तीन खेल लगातार जित्दै तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार