२०८२ माघ १ , बिहीबार 16, January 2026, Friday

काँग्रेसमा उम्मेदवार छान्ने प्रक्रिया सुरु, को कहाँबाट सिफारिस ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २३ गते मंगलबार

नेपाली कांग्रेसमा फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार छनौटका लागि सिफारिसको प्रक्रिया सुरु भएको छ । यसैक्रममा प्रमुख नेताहरुलाई बिभिन्न जिल्लाबाट सिफारिस हुन सुरु भएको छ ।

महामन्त्री गगन थापाले आफु काठमाडौँ–नम्बर ४ बाट चुनाव लड्ने बताइरहेका बेला उनलाई रोल्पा र धनकुटाबाट सिफारिस गरिएको छ । रोल्पाबाट गगन थापासहित लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम सिफारिस भएको छ ।

त्यस्तै धनकुटाबाट पनि गगनको उम्मेदवारी सिफारिस भएको छ । धनकुटाबाट गगन थापासहित जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम सिफारिस भएको हो ।

त्यस्तै काँग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई झापा–१ बाट एकल सिफारिस गरिएको छ । त्यसैगरी काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुर्खेत–१ बाट एकल सिफारिस गरिएको छ ।

त्यसैगरी काँग्रेस नेता डा.शेखर कोइरालाको नाम मोरङ–६ बाट एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको छ भने काँग्रेस नेतृ डा.आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिस गरिएको छ । कैलाली–५ बाट आरजुसहित सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह, डिल्लीराज पन्त, नृपबहादुर वडको नाम सिफारिस भएको हो ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार