विशेष अदालतले पोखरा विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान)का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले उनीहरूको पदीय हैसियत, आरोप दाबी र परियोजनामा उनीहरूको भूमिका तथा संलग्नतालाई हेरेर अधिकारीलाई पाँच लाख र भण्डारीलाई एक लाख धरौटी हुने आदेश गरेको हो ।
मंसिर २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५५ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले ५ जना तत्कालिन मन्त्रिहरुलाई समेत प्रतिवादी बनाएको थियो । निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी बिरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
सत्यपाटी