२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

रोल्पाबाट चुनाव लड्दै गगन थापा !

सत्यपाटीसत्यपाटी । रोल्पा । २०८२ मंसिर २३ गते मंगलबार

आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ ।

एउटा निर्वाचन क्षेत्र रहेको रोल्पामा थापासहित पाँचजना सिफारिस भएको महाधिवेशन प्रतिनिधि एवं लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकिय सचिव अनुपम जिसीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारका लागि थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, सफल युवा व्यवसायी डा.मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको हो ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार