२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २३ गते मंगलबार

सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि उखु कृषकलाई उपलब्ध गराइने न्यूनतम खरिद मूल्य र अनुदान दर निर्धारण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोक्ने निर्णय गरेको हो । त्यस्तै, उखु कृषकलाई प्रदान गरिने अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले कोलम्बो प्लानको नवौं महासचिवका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार