२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

चिर्पटले हानेर छोरीले गरिन् बुवाको हत्या

दैलेखमा एक छोरीले आफ्नै बुबाको ज्यान लिएकी छन् । नौमुले गाउँपालिका–५ गजमालीकी २७ वर्षीया तिर्सना रामजालीले आफ्ना ६५ वर्षीय बुबा धनबहादुर रामजाली मगरमाथि चिर्पट प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । घरायसी विवादको क्रममा तिर्सनाले चिर्पटले प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएका थिए ।

घाइते अवस्थामै उनलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा पुर्याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । बुबाको हत्या प्रकरणमा संलग्न तिर्सनालाई सोमबार इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरी हिरासतमा लिएको छ । घटनाको सम्बन्धमा थप तथ्य अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार