मंगलबार (मंसिर २३) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८२ मंसिर २३ गते मंगलबार
सत्यपाटी