भदौ २३ र २४ गतेका दिन जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये सहिद घोषणा गरिएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा अनिवार्य रूपमा राख्न गृह मन्त्रालयले सबै जिल्लालाई निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार गृह–मन्त्रीस्तरीय निर्णयपछि जारी गरेको परिपत्रमार्फत देशभरका सीडीओ कार्यालयलाई उक्त नामावली तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा प्रष्ट देखिने गरी टाँस्न आदेश दिएको हो ।
शाखा अधिकृत पदमबहादुर खत्रीको हस्ताक्षरयुक्त उक्त पत्रमा ज्यान गुमाएका व्यक्तिहरूलाई ‘जेनजी सुशासनका योद्धा’का रूपमा सम्मान गर्दै उनीहरूको नाम औपचारिक रूपमा कार्यालयमा राखिनुपर्ने उल्लेख गरिएको छ ।
गृह मन्त्रालयले यो कदम आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्नका लागि आवश्यक भएको बताएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार
सत्यपाटी