२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २२ गते सोमबार

१० दिनअघि मात्र बढेको अन्डाको मूल्य फेरि पनि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो ।

मंसिर १३ गते अन्डाको मूल्य बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५८० रुपैयाँ पुगेको छ ।

यस्तै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५६५ रुपैयाँ पुगेको छ । मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५५० रुपैयाँ तोकिएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार