२०८२ माघ ८ , बिहीबार 22, January 2026, Thursday

लेखापरीक्षण प्रतिवेदन नबुझाउँदा दल खारेज

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २२ गते सोमबार

निर्वाचन आयोगले ‘अखण्ड सुदूरपश्चिम पार्टी नेपाल’ नामक राजनीतिक दललाई खारेज गरेको छ । पार्टीले तोकिएको समयमा आफ्नो लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाउन नसक्दा दल खारेज भएको हो ।

आयोगका अनुसार पार्टीको तीन वर्षको लेखापरीक्षण प्रतिवेदन बुझाउन बाँकी छ । राजनीतिक दलसम्बन्धी कानुन अनुसार हरेक दलले पुष मसान्तसम्ममा लेखा परीक्षण गरेर माघ मसान्तभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । उक्त नियम पालना नगर्दा दल खारेज भएको आयागले बताएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार