२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच आज निर्णायक वार्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर २२ गते सोमबार

प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । सोमबार दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो । आजको वार्ता निर्णयक हुने बताइएको छ ।

प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् । यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।

प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार