हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव स्वरूप सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने कोशी र बागमती प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ ।
प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार
सत्यपाटी