२०८२ माघ २ , शुक्रबार 16, January 2026, Friday

आलु भित्र्याउँदै पनौतीका किसान (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काभ्रेपलाञ्चोक । २०८२ मंसिर २१ गते आइतबार

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसानहरु यतिबेला आलु भित्र्याउन व्यस्त देखिन्छन् । सो क्षेत्रमा धान रोप्ने र भित्र्याउने काम सकेपछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरी अहिले भित्र्याउने काम भइरहेको छ । सो क्षेत्रका किसानहरूले वर्षमा दुई पटकसम्म आलु उत्पादन गर्ने गर्दछन् । आलुमा अझै पूर्णरुपमा आत्मनिर्भर बन्न नसकेको नेपालमा पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार बर्सेनि ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ ।

गत आर्थिक वर्ष २०८१–०८२ मा ७ अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको देखिन्छ । नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको तथ्यांकको तथ्याङ्क देखिन्छ । यो उत्पादनले नेपाललाई ११ महिनाका लागि आत्मनिर्भर बनाएको देखाउँछ भने बाँकी एक महिनाका लागि आयात गर्नुपर्न अवस्था छ ।

तस्वीरहरु : विजेन अमात्य । नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार