२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

शिकारको प्रतिक्षामा बसेको डुन्डुल ‘उल्लु’

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ मंसिर २१ गते आइतबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का स्थानीय बासिन्दाको खेतबारीमा रहेको आँपको रुखमा शिकारको प्रतिक्षामा शान्त रुपमा बसेको डुन्डुल ‘उल्लु’ । अङ्ग्रेजीमा ‘जङ्गल औलेट’ का नामले चिनिने डुन्डुल नेपालका तराई र चुरे जङ्गलमा पाइन्छ । साना कीरा र छेपारो मुख्य भोजन गर्ने जङ्गल औलेट दिनमा पनि सक्रिय रहने गर्दछ । रुखको हाँगामा चुपचाप बसेर शिकारमा झम्टा हान्ने यसको बानी निकै रोचक छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू । रासस

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार