२०८३ असोज २४ , शनिबार 11, October 2026, Sunday

एनपिएल : सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

रन बटुल्दै विराटनरका खेलाडी ।

ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हरायो ।

विरानगरका ओपनरद्वय हेजलेट र प्लेसिसले सात ओभरमै ९७ रनको योगफल तय गर्नुभएको थियो । रोमाञ्चक खेलमा पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।

क्वालिफायरमा पुग्न विराटनगरले उक्त लक्ष्य १३.४ ओभरमै पूरा गर्नुपर्ने थियो । जसमा विराटनगरले ११.५ ओभरमै लक्ष्य भेट्टाउँदै क्वालिफायरमा स्थान बनायो । विराटनगरको जितले काठमान्डु गोर्खाजलाई धक्का लागेको छ ।

हारे पनि सुदूरपश्चिम १२ अङ्कसहित यसअघि नै क्वालिफायर–१ मा पुगिसकेको छ । लिग चरणको सात खेलसँगै विजेता विराटनगर १० अङ्कसहित नेट रनरेटका आधारमा काठमान्डुलाई पछि पार्दै दोस्रो स्थानमा रह्यो ।

समान १० अङ्क बनाएको काठमान्डु तेस्रो स्थानमा रह्यो । फाइनलमा स्थान बनाउन अब सुदूरपश्चिम र विराटनगरले क्वालिफायर–१ मा मङ्गलबार प्रतिस्पर्धा गर्नेछन् । यस्तै काठमान्डु र लुम्बिनीबिच बुधबार प्लेअफ भिडन्त हुनेछ ।

प्लेअफको विजेताले पहिलो क्वालिफायरमा पराजितहुनेसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको विराटनगरले ११.५ ओभरमा चार विकेटको क्षतिमा १५० रन जोड्दै पूरा गरेको हो ।

विराटनगरका लागि फाफ डु प्लेसिसले २० बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाए । प्लेसिस प्लेयर अफ दि म्याच भए । साम हिजलेटले २७ बलमा तीन चौका र चार छक्काको सहयोगमा ५१ रन बनाए ।

मार्टिन गुप्टिलले २३ र प्रतिश जिसीले १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।

सुदूरपश्चिकमा लागि आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन बनाए । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन तथा प्रतिश जिसीले दुई र बसिर अहमतले एक विकेट लिए ।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार