चलचित्र ‘अभिमन्युः च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू दिएका छन् । बिहीबारबाट रिलिज भएको चलचित्र नेपाली समाजको ऐना भएको रिभ्यू दर्शकले दिइरहेका छन् । तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ ।
दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज कथातर्फ अगाडि बढिरहेको त्यसलाई देखाउँदा चलचित्र दर्शनीय बनेको दर्शकले बताएका छन् । ‘चलचित्रको नायिका विस्तारै विस्तारै जसरी अगाडि बढेको देखाइएको छ, त्यो पछिल्लो समयको नेपाली समाज हो,’ चलचित्र हेर्न हलमा पुगेका दर्शकले भनेका छन् ।
दर्शकहरुका अनुसार महिला पनि अहिलेको समाजमा त्यो बाटोमा हिँड्न थालेका छन् । उनीहरु भन्छन्, ‘यसले हाम्रै समाजको र हामीले नै देखिरहेको कथा देखाउँदा रिलेट भएको महसुस भयो ।’ चलचित्रले ‘मुटुमै हान्यो’ भन्दै आफ्ना साथीभाइ र आफन्तलाई पनि चाँडै ‘अभिमन्यु’ देखाउने दर्शकले बताएका छन् ।
‘अभिमन्यु’ सबैलाई हेर्न पनि सिनेमा हेरेका दर्शकले आग्रह गरेका छन् । ‘सबैले हेर्नु होला । हाम्रै समाजको कथा छ । हामीले रिलेट गर्ने कथा छ,’ दर्शकले भने, ‘कतिले आफैँसँग रिलेट पनि गर्नु हुनेछ ।’ बिहीबारबाट प्रदर्शनमा आएको ‘अभिमन्यु स् च्याप्टर १’मा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।
किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेल लगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । ‘अभिमन्युः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।
सत्यपाटी