२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

काठमाडौंमा चिसो बढ्यो, चार प्रदेशमा घाम लाग्ने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर १९ गते शुक्रबार

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

प्रकाशित मिति : २०८२ मंसिर १९ गते शुक्रबार