नेपालमा अब १०० रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु)लाई पनि चलनचल्तीका लागि बाटो खुलेको छ । नेपालमा १०० रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा रहेकोमा भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई)ले ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो ।
यसका लागि नेपाल राष्ट्रबैंकले उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र (निर्देशन) दिनुपर्छ । राष्ट्र बैंकको निर्देशनकै कारण हाल १०० भन्दा ठूला दरका भारु चलनचल्तीमा छैनन् । हाल भारतमा ठूला दरका १००, २००, ५०० र २००० दरका नोट चलनचल्तीमा छन् । सन् २०२३ देखि भारतले २००० दरका नयाँ नोट छाप्न बन्द गरिसकेको छ ।
यसकारण आरबीआईले गरेको नयाँ व्यवस्थाले २०० र ५०० दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो । सन् २०१६ मा भारतले ५०० र १०० दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा भएका ती दरका नोट अझै साटिएका छैनन् । यसकारण राष्ट्र बैंकले ठूला दरका भारु चलनचल्तीमा नल्याउने (सटही नगर्ने) निर्देशन जारी गरेको थियो ।
सत्यपाटी