२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

चार महिनामा नेपालमा पाँच करोड बढीको सिम कार्ड आयात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर १७ गते बुधबार

नेपालमा चालु आर्थिक वर्ष २०८२–०८३ को चौथो महिना कार्तिक मसान्तसम्म १० लाख ६० हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ । भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा ५ करोड २२ लाख ७५ हजार रुपैयाँ बराबरको १० लाख ६० हजार ९६२ थान सिम कार्ड आयात भएको छ ।

सिम कार्ड आयातबाट सरकारले १ करोड २७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन, जापान, कुवेत, कतार, बेलायत, मेक्सिको, अमेरिका र डेनमार्क गरी विश्वका ९ देशबाट आएको देखिन्छ । कार्तिकसम्म सबैभन्दा बढी अर्थात् १० लाख ९०५ थान सिम कार्ड चीनबाट नेपाल आएको छ ।

यस्तो छ विवरण

यसको समग्र मूल्य ५ करोड १३ लाख ७१ हजार परेको छ । यसैगरी मेक्सिकोबाट ४ लाख २२ हजार बराबरको ४० हजार थान तथा बेलायतबाट ३ लाख ११ हजार बराबरको १० हजार २ थान सिम कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

अष्ट्रेलियाबाट १ लाख ६० हजार बराबरको १० हजार थान, जापानबाट ३ हजार बराबरको ५० थान सिम कार्ड आएको छ । कतारबाट २ र कुवेत तथा डेनमार्कबाट १–१ थान सिम कार्ड आएको देखिएको छ तर यिनीहरुको मूल्य उपलब्ध छैन । संयुक्त राज्य अमेरिकाबाट पनि ७ हजार बराबरको एक थान सिम कार्ड आयात भएको देखिएको छ ।

 

प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार