२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

सशस्त्र प्रहरीका २३ डीएसपीको सरूवा (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर १६ गते मंगलबार

सशस्त्र प्रहरी बलका २३ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा भएको जानकारी दिएको हो ।

सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ । त्यस्तै प्रदीपकुमार बस्नेत गढीमाई बहिनी मुख्यालय मकवानपुर सरुवा भएका छन् ।  सशस्त्र प्रहरी महानिरीक्षकको १५ गतेको निर्णय अनुसार २३ डीएसपीको सरुवा भएको हो ।

Skip to PDF content

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार