पूर्वपतिसँग होमस्टे गएकी एक युवती तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् । खजुरा गाउँपालिका–६ सिमलघारीकी २१ वर्षीया देविसरा खत्री तीन दिनपछि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बैजनाथ गाउँपालिका–२ पितमारीका १९ वर्षीय नारायण परियार उनका पूर्वपति रहेको जनाइएको छ । २१ वर्षीया देविसरा खत्री मङ्सिर ९ गते राति मिनी गाभर होमस्टेको कोठा नं.३ मा पूर्वपतिसँगै बसेको जनाइएको छ ।
घटना घटेको तीन दिनपछि परियारले इलाका प्रहरी कार्यालय कोहलपुरलाई जानकारी गएका थिए । प्रहरीका अनुसार मरेपछि आफुले होमस्टे नजिकै माटोले पुरिदिएको बताएको थप अनुसन्धान भइरहेको जनाएको छ । हत्या गरेर माटोमा पुरेको हो वा खत्रीले आत्महत्या गरेपछि परियारले पुरेका हुन् भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार
