२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

कृषि प्रधान देशमा अर्बौँका कृषि उपज आयात

सत्यपाटीसत्यपाटी । पर्सा । २०८२ मंसिर १६ गते मंगलबार

पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् ।

गत आवको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु दुई अर्ब २९ करोड बराबरको चार करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै आयात भएको छ ।

त्यस्तै रु दुई अर्ब एक करोड बराबरको पाँच करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ भने रु एक अर्ब छ करोड मूल्यका एक करोड नौ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार