२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर १६ गते मंगलबार

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मूल्य भने बढेर तोलामा तीन हजार ५४५ निर्धारण भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार