पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा परिवर्तन आएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर डिजेलमा रु. १.४४ ले घटेको छ । त्यस्तै हवाई इन्धनमा प्रति लिटर रु. ५.६२ ले बढेर आएको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको निर्णय अनुसार ०१ डिसेम्बर, २०२५ (मिति २०८२–०८–१५) को बिहान ००ः०१ बजेदेखि लागू हुनेगरी साबिकको खुद्रा विक्री मूल्यमा प्रति लिटर डिजेलरमट्टितेलमा प्रति लिटर रु. १.०० ले घटाइएको तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६.०० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले बढाइएको छ ।
त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि मा विक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल तथा एल. पि. ग्यासको विक्री मूल्य यथावत् राखिएको छ । निगमको डिपो र कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा विक्री मूल्य देहाय बमोजिम कायम गरिएको छ ।

सत्यपाटी