२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

आज तीन वटा प्रदेशमा आंशिक बदली

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ११ गते बिहीबार

देशका केही स्थानमा आज आंशिक बदली हुनेछ । केही स्थानमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले बताएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : २०८२ मंसिर ११ गते बिहीबार