आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन् ।
निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ । आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।
प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार
सत्यपाटी