२०८३ जेठ ११ , सोमबार 25, May 2026, Monday

आज दुई प्रदेशमा आंशिक बदली, अन्यत्र सफा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ७ गते आइतबार

जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) देशभरको मौसम सफा रहने जनाएको छ । तर, आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

अन्य बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । विभागका अनुसार, देशमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जसका कारण देशभरको मौसम सामान्यतया स्थिर रहने देखिएको छ । चिसो बढ्ने क्रममा रहेकाले बिहान र बेलुकाको समयमा सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ ।

प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार