२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

देशभर थपिए आठ लाख ३७ हजार ९४ मतदाता

निर्वाचन घोषणा भएपछि आठ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार निर्धारित समयमा सो संख्यामा मतदाता थप भएका हुन् ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई चुनावको मिति घोषणा भएपछि असोज ९ गतेदेखि मंसीर ५ गतेसम्मका लागि खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् ।

थपिएका मतदातामध्ये चार लाख ७३ हजार ३४५ पुरूष र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । यस्तै अन्यको ६१ रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यसअघि कात्तिक १६ गतेसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।

प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार