२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ६ गते शनिबार

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य बढेर आलसम्मकै सबैभन्दा महँगो बनेको छ भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा आज महँगिएका छन् ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । हिजो अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा थियो ।

गएको कात्तिक १८ गते अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो । त्यसयता घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो । त्यसैगरि आज युरो एकको खरिदर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा छ ।

हिजो युरो एकको खरिदर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ एकको खरिदर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३० पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिदर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा थियो । त्यस्तै आज कुबेती दिनार एकको खरिदर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा छ ।

हिजो कुबेती दिनार एकको खरिदर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा थियो । आज बहराइन दिनार एकको खरिदर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा छ । हिजो बहराइन दिनार एकको खरिदर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा थियो ।

यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 142.88 143.48
eur (European Euro)
1 164.61 165.30
gbp (UK Pound Sterling)
1 186.61 187.39
chf (Swiss Franc)
1 177.22 177.96
aud (Australian Dollar)
1 91.99 92.38
cad (Canadian Dollar)
1 101.40 101.82
sgd (Singapore Dollar)
1 109.22 109.68
jpy (Japanese Yen)
10 9.11 9.15
cny (Chinese Yuan)
1 20.09 20.18
sar (Saudi Arabian Riyal)
1 38.10 38.26
qar (Qatari Riyal)
1 39.20 39.36
thb (Thai Baht)
1 4.39 4.41
aed (UAE Dirham)
1 38.90 39.06
myr (Malaysian Ringgit)
1 34.44 34.58
krw (South Korean Won)
100 9.69 9.73
sek (Swedish Kroner)
1 14.91 14.98
dkk (Danish Kroner)
1 22.04 22.13
hkd (Hong Kong Dollar)
1 18.35 18.43
kwd (Kuwaity Dinar)
1 465.01 466.97
bhd (Bahrain Dinar)
1 378.99 380.58
omr (Omani Rial)
1 371.12 372.68
प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार