शुक्रबार सुनको भाउ तोलामा एक हजार ३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन दुई लाख ४३ हजार रुपैयाँ तय भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि घटेको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन तोलामा ८५ रुपैयाँले चाँदी घटेको छ । हिजो ३१८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार १०० मा झरेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तीन हजार ३५० रुपैयाँ पुगेको थियो ।
प्रकाशित मिति : २०८२ मंसिर ५ गते शुक्रबार
सत्यपाटी