आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि तीन लाख २८ हजार ५३१ नयाँ मतदाता थपिएका छन् ।
बुधबार निर्वाचन आयोगले दिएको जानकारी अनुसार एक लाख ८४ हजार ६१२ पुरुष, एक लाख ४३ हजार ८७८ महिला र ४१ जना अन्य गरी तीन लाख २८ हजार ५३१ नयाँ मतदाता थपिएका हुन् ।
आज मात्रै आठ हजार १७३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ । गत असोज ९ गते आयोगको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य सुरु गरिएको थियो ।
प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार
