चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा ९३ जना नेपालीको मृत्यु भएको छ । यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।
२०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो । मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन् । नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१–०८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो ।
गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोग लगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।
प्रकाशित मिति : २०८२ मंसिर ३ गते बुधबार
