नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् । उनी नेतृत्वको ‘सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।
खनालको पार्टीका तर्फबाट कात्तिक ३० गते अबेर राजबाबु यादवले आयोगमा निवेदन बुझाएका हुन् । हिजो नै यो दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो ।
आज खनाल स्वयम् गएर निवेदन संसोधन गर्दै अध्यक्षमा आफ्नो नाम राखेका हुन् । उक्त दलमा ३५ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ । यो पार्टीको अध्यक्ष खनाल आफैं रहनेछन् भने महासचिवमा बालकृष्ण पण्डितको नाम छ ।
देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले पार्टी खोलेको खनाले बताए । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं–६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए । त्यसपछि तनहुँ–१ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।
सत्यपाटी