मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रलाई जोडेपछि नयाँ मतदाताका रूपमा नाम दर्ता गराउनेको संख्या ह्वात्तै बढेको छ । गत हप्तादेखि राष्ट्रिय परिचयपत्र भएका व्यक्ति निर्वाचन आयोगमा नपुगेरै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो ।
राष्ट्रिय परिचयपत्र नभएकाले भने अनलाइनमार्फत् प्रिरजिष्ट्रेसन गरेर बायोमेट्रिकका लागि आयोगको कार्यालय पुग्नुपर्ने बाध्यता छ । आयोगका अनुसार हालसम्म छ लाख मतदाता थपिएका छन् । जसमध्ये राष्ट्रिय परिचयपत्रमार्फत मात्रै गएरातिसम्म तीन लाख आठ हजार ५८५ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत् पनि तीन लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । आयोगका अनुसार नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिनेछ । अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिने गरी सरकारले व्यवस्था मिलाएको छ ।
सत्यपाटी