नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकार प्रहरी नायव महानिरिक्षक (डिआइजी)मा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी अधिकारीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार एसएसपी अधिकारी डिआइजी बढुवामा सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । वरियतामा पहिलो नम्बरमा रहेका उनी यसअघिको बढुवामा छुटेको थिए । अधिकारी जेनजी आन्दोलनको समयमा काठमाडौंको प्रहरी प्रमुख थिए ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार
सत्यपाटी