२०८३ भदौ ९ , मंगलबार 25, August 2026, Tuesday

सुन र चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार चाँदी ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार