२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

बाँकेमा बस र मोटरसाइकल ठोक्किँदा कञ्चनपुरका कृष्णको मृत्यु

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ मंसिर १ गते सोमबार

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयामा आज बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका–९ घर भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका–६ बुद्ध टोल बस्ने ४४ बर्षिय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका क्षेत्रीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार बिहान सवा ७ बजे कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ र बा प्र ११४५ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएका थिए ।

राप्तीसोनारी गाउँपालिका–२ अगैया बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो । बस चालक र बसलाई नियन्त्रणमा लिएर अगैयास्थित प्रहरी चौकीमा राखिएको जनाउँदै मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमै राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार